आज पनि प्रधानन्यायाधीश वैकल्पिक गेटबाटै सर्वोच्च प्रवेश
वि.सं.२०७८ कात्तिक २९ सोमवार १३:३४
5.56K
shares
shares

कानून व्यवसायीहरूको प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।
उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरूलाई धर्ना दिन रोक लगाएको छ । कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।
कानून व्यवसायीहरूले मूल गेटमा धर्ना दिएपछि आइतबार पनि प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाटै सर्वोच्चभित्र प्रवेश गरेका थिए ।






























