गरीमा क्यापिटलद्धारा विद्याथीलाई पूँजीसाक्षारता कार्यक्रम

5.47K
shares

रुपन्देही। गरीमा क्यापिटल लिमिटेडको आयोजना र भैरहवा बहुमुखी क्याम्पसको समन्वयमा पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बिहिबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई आर्थिक उपार्जन सहित पूँजीलाई सहि तरीका लगानी गर्नुपर्ने कार्यक्रमका मुख्य प्रशिक्षक गरीमा क्यापिटल लिमिटेडका व्यवापार प्रमुख अधिकृत तुल्सी आचार्यले बताए । उक्त प्रशिक्षणमा नयाँ लगानी कर्ताको रुपमा सेयर बजारमा प्रवेश गर्न चाहनेहरुको लागि यस्का विषेशता, लगानीको अवसर फाइदा, र साथै संस्थाले दिने (एःक्० एयचतायष्यि :बलबनझभलत कथकतझ को विषयमा जानकारी दिएको थियो। कार्यक्रममा बोल्दै निमित्त प्रमुख गणेश प्रसाद पाण्डेले यस्ता कार्यक्रले विद्यार्थीहरुलाई आएको आम्दानीलाई फजुल खर्च नगरी लगानीमा लगाउन सके भविष्य सुनिश्चितता हुने विषयमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै सहायक क्याम्पस प्रमुख शंकर पन्थी ले आगामी दिनमा समेत यस्ता सकरात्मक कार्यक्रममा सहकार्य गरीने बताउँनुभयो ।
कार्यक्रममा अधिवक्ता केशव चौधरी, सिटिजन्स बैकका शाखा प्रमुख एक नारायण अर्याल, सहकायक क्याम्सप प्रमुख इन्द्र थापा, विद्यार्थी कल्याण प्रमुख अरुणा भुसाल तिवारी, बिबिएस संकायका निर्देशक डा. पिताम्बर तिवारी सहित भैरहवा बहुमुखी क्याम्पसमा अध्ययनरत २०० बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले सेयर बजार सम्बन्धी थुप्रै जिज्ञासा समेत राखेको थिए ।