घर फर्किए उपचार पछि धर्मगुरु आचार्य

5.98K
shares

विराटनगर। लामो दिन पछि गोली हानी घाइते भएका धर्मगुरु श्रीनिवास आचार्य उपचार पछि घर फर्किएको न्यूरो अस्पताल, विराटनगरले जनाएको छ।

धर्मगुरु आचार्यलाई गएको महिना चैत २४ गते राति विराटनगर स्थित एक मन्दिरमा अज्ञात मानिसले गोली हानेका थिए।

दाहिने छातीकोे माथिल्लो भागमा गोली लागी गम्भीर घाइते भएका आचार्यलाई स्थानीय न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गराइएको थियो। आचार्यलाई सघन कक्षमा राखी वरिष्ठ चिकित्सक सुदीप खनियाँको समूह उपचारमा जुटेको थियो।

घटना पछि प्रहरीले शंङ्का लागेका दुई जनालाई पक्राउ गरेता पनि अनुसन्धान पछि छुटेका थिए भने अपराधी अहिले सम्म पक्राउ नपरेकोमा धार्मिक अनुयायीहरुले आलोचना समेत गर्दै आएका छन्। (रासस)


divya collage
unigloble collage