धामिको शक्ति देखाउन कर्णाली नदीमा हाम फालेका १ धामीको मृत्यु

6.8K
shares

बाजुरा । धामिको शक्ति देखाउँछु भन्दै कर्णाली नदीमा हाम फालेका दुई जना धामी मध्ये एकको मृत्यु भएको छ । भने अर्का एक जना बेपत्ता भएका छन् ।

आइतवार विहान उनीहरु दुबै जना आफूमा ईश्वर रुपी दैवी शक्ति प्राप्त भएको भन्दै हाम फालेका हुन् ।

हाम फालेका मध्ये जगन्नाथ गाँउपालिका १ का ६१ वर्षीय मानसिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । वेपत्ता जगन्नाथ गाँउपालिका एक ५३ वर्षीय जयबहादुर बिष्टको खोजी कार्य भई रहेको जनाएको छ ।