सातै प्रदेशमा प्रधानमन्त्रीले सम्बोधन गर्ने, आज ५ नं. प्रदेशका जनप्रतिनिधिसंग भेटघाट
वि.सं.२०७५ वैशाख १६ आइतवार ११:५५
shares

काठमाडौं । केन्द्र र प्रदेश सरकारको समन्वयलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशमा सम्बोधन गर्ने भएका छन् । केन्द्रसँग समन्वयको अभावमा प्रदेश सरकारले गर्ने काम प्रभावकारी हुन नसकेको गुनासो बढेपछि प्रधानमन्त्री ओलीले सातै प्रदेशका जनप्रतिनिधिलाई निर्देशनसहित सम्बोधन गर्न लागेका हुन् ।
प्रदेश अन्तर्गतका कामलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीले निर्देशन दिन लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार प्रधानमन्त्रीले सातै प्रदेशका जनप्रतिनीधिलाई सरकारी सेवा चुस्त बनाउने सम्बन्धी निर्देशन समेत दिने तयारी गरेका छन् । त्यसैको तयारी स्वरुप प्रधानमन्त्री ओलीले आज ५ नम्बर प्रदेशसभालाई सम्बोधन गर्दै छन् । उहाँले ५ नम्वर प्रदेशका जनप्रतिनिधीलाई केन्द्र र प्रदेशबीचको समन्वयबारे सम्बोधन गर्न लागेका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्रीले ५ नम्वर प्रदेशको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनको अवस्थाबारे समेत छलफल गर्नेछन्।





























