प्रदेश नं ५ को प्रदेशसभामा प्रधानमन्त्रीको आज पहिलो सम्बोधन

6.94K
shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभामा पहिलो सम्बोधन गर्ने भएका छन् । आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जनाएइको छ ।

प्रधानमन्त्री ओलीको सम्बोधन प्रदेशसभा र प्रदेश सरकारका आगामी जनसरोकारसँग सम्बन्धित विषयका बारेमा केन्द्रित रहने स्रोतले जनाएको छ । नीति तथा कार्यक्रम र बजेट पास गरेर विकास बजेट कार्यान्वयन तहमा लागेको प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनलाई विशेष किसिमले हेरिएको हो ।