भारतमा बस दुर्घटना १० जनाको मृत्यु ३० जना घाइते

6.11K
shares

मध्यप्रदेश। भारत मध्य प्रदेशको मन्दसौर जिल्लामा आइतबार बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ३० जना घाइते भएको स्रोतले जनाएको छ । घाइतेहरुको मन्दसौर जिल्ला अस्पतालमा उपचार भर्इ रहको बताइएको छ ।

प्रहरीका अनुसार आइतबार विहान आरजे ९ सीए १४३७ नम्बरको बस शामगढक्षेत्रको धामनिया दीवान गाउँमा अनियन्त्रित भई पल्टिएको थियो । बसमा ६० यात्रु सवार थिए । केही यात्रु बसको छतमा बसेर यात्रा गरि रहेका थिए ।

प्रत्यक्ष दर्शीका अनुसार मोटरसाइकलमा सवार तीन युवाहरुलाई बचाउन खोज्दा बस अनियन्त्रित भई बस दुर्घटना भएको थियो । तीब्र गतीमा आएको मोटरसाइकले ओभरटेक गर्न खोज्दा मोटरसाइकल बसमा ठोकिएको थियो । मोटरसाइकलाई बचाउन बस चालकले तीब्रगतिमा मोड्न खोज्दा बस पल्टिएको प्रत्यक्षदर्शीले बताए । दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083