विगतमा कोरिया पुगेर फर्किएका तीन हजार नेपलीलाई खुसीको खबर!

8.96K
shares

कोरिया। पहिले नै भाषा पास गरी दक्षिण कोरिया गएर फर्किएका तीन हजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ।

कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाए पछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताए।

‘परीक्षा यही वैशाख १७ गते देखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका कारण वैशाख १९ गते देखि मात्र लिन लागेका छौँ’, खनालले भने, ‘परीक्षामा लग–भग तीन हजार २०० जना सहभागी हुँदै छन्।’ लगभग ५० प्रतिशत पास गरी लैजाने कोरियाको लक्ष्य रहेको उनले जानकारी दिए।

परीक्षा इपिएस कोरियाको नेपाली शाखा, ग्वार्कोमा हुनेछ। परीक्षा एक पटकमा २८ जना गरी दिनको चार पटक लिर्इने छ। (रासस)


divya collage
unigloble collage