इलाइट प्लेयर सिरिज क्रिकेट खेल्न अनिल शाह आज सिंगापुर जाँदै

वि.सं.२०७५ वैशाख १६ आइतवार १८:४६
9.1K
shares
shares

अनिल शाह
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान अनिलकुमार शाह आइतबार (आज) राति सिंगापुर प्रस्थान गर्दै छन् ।
सिंगापुर क्रिकेट एसोसिएसनको आयोजनामा हुने प्रतियोगितामा अनिलले एसजी क्रिमसोन्स टिमबाट खेल्ने छन् । क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल (सीप्यान) ले प्रेस विज्ञप्ति जारी गर्दै अनिल कुमार शाह सिंगापुरको चर्चित प्रतियोगिता इलाइट प्लेयर सिरिज खेल्न जान लागेको जानकारी दिए ।
सी प्यानले अनिललाई इलाइट प्लेयर सिरिज खेलाउन सिंगापुर क्रिकेट एसोसिएसन सँग आग्रह गरेको थियो । दोस्रो संस्करणको इलाइट प्लेयर सिरिज टि–ट्वान्टी क्रिकेट प्रतियोगिता बैशाख १७ गते सोमबार देखि सिंगापुरमा सुरु हुँदैछ ।