डिएसपी प्रजित केसी साढे ३३ किलो सुन प्रकरणमा पक्राउ

11.91K
shares

विराटनगर। महानगरीय अपराध महाशाखाका तत्कालीन डिएसपी ९प्रहरी नायब उपरीक्षक० प्रजित केसीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ।

हराएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका विषयमा बयान दिन गृह मन्त्रालयले बनाएको छानबिन समितिले केसीलाई विराटनगर बोलाइएको थियो।

केसीले शनिबार र आइतबार समितिसमक्ष बयान दिएका थिए। उनको बयान चित्त नबुझेपछि हिरासतमा राख्न समितिले निर्देशन दिएको थियो। समितिको निर्देशनअनुसार केसीलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दियो।

शाक्यको हत्यापछि केसी नेतृत्वको टोली काठमाडौंबाट पूर्व गएको थियो। सो टोली सिरहा, सुनसरी र मोरङ पुगेको थियो।

यसअघि समितिले तत्कालीन महाशाखा प्रमख दिवस लोहनी र केसीलाई सरुवा गर्न सिफारिश गरेको थियो।

शाक्यसहित साढे ३३ किलो सुन प्रकरणमा जोडिएका तीन जनाले ज्यान गुमाएका छन् भने पूर्वडिआइजी गोविन्द निरौलासहित उच्च प्रहरी अधिकृत यो प्रकरणमा मुछिएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083