पानी जमेको स्थानमा पुरुषको शव फेला
वि.सं.२०८३ साउन २६ मंगलवार २१:२७
1.46K
shares
shares

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–४, एबिसी टोलमा एक पुरुषको शव फेला परेको छ। मंगलबार दिउँसो करिब १२ बजे पानी जमेको स्थानमा घोप्टो परेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
प्रहरीका अनुसार शव केही दिन पुरानो जस्तो देखिएको छ। करिब ४० वर्ष उमेरका पुरुषको शव भए पनि मृतकको पहिचान खुल्न सकेको छैन। शरीरमा बाहिरी चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ।
घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सडकबाट केही भित्र रहेको स्थानमा शव कपडाका कारण टाढाबाट बोरा जस्तो देखिने भएकाले यसअघि कसैको ध्यान नगएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















