नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
वि.सं.२०८३ भदौ ५ शुक्रवार ०७:०४
shares

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव विशेष समारोहका साथ नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा भव्य रूपमा सम्पन्न भएको छ।समारोहमा नेपाल प्रहरीका उच्चपदस्थ अधिकारी, प्रहरी अधिकृत, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी तथा सदस्यहरू, पूर्वपदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा संघले स्थापना कालदेखि प्रहरी परिवार तथा समाजका विभिन्न क्षेत्रमा गर्दै आएको सामाजिक, मानवीय तथा सेवामूलक कार्यहरूको समीक्षा गर्दै आगामी दिनमा समेत यस्ता गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
वार्षिकोत्सवका अवसरमा संघको योगदानको प्रशंसा गर्दै प्रहरी परिवारको कल्याण तथा सामाजिक सेवाका क्षेत्रमा संघले निर्वाह गर्दै आएको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिइएको थियो।
विशेष समारोहबीच विविध कार्यक्रमसहित सम्पन्न वार्षिकोत्सवले नेपाल प्रहरी श्रीमती संघको ४२ वर्षे सामाजिक सेवा यात्रालाई थप ऊर्जा र उत्साह प्रदान गरेको छ।

















