एसएसपी दिलीप घिमिरेको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

884
shares

काठमाडौं । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका–३०, रानीमहलमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी वृत्त मालीगाउँ र सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुल, काठमाडौंको आयोजनामा तथा काठमाडौं महानगरपालिका वडा नं. ३० र कामना सेवा विकास बैंक, ज्ञानेश्वरको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि, प्रहरी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय नागरिकहरूले आफ्नो क्षेत्रको शान्ति–सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामाजिक समस्या तथा प्रहरी सेवासँग सम्बन्धित विषयमा आफ्ना गुनासा, सुझाव र जिज्ञासा राखेका थिए।

प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले नागरिकका गुनासा तथा सुझावलाई प्रहरी सेवा सुधार र शान्ति–सुरक्षा सुदृढीकरणका लागि महत्वपूर्ण आधारका रूपमा लिँदै प्रहरी र नागरिकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।


divya collage
unigloble collage