साथी कसरी बनाउने ?

14.65K
shares

काठमाडौं । संसारका कोहि व्यक्ति आत्मनिर्भर भएर पनि परिनिर्भर हुन्छन् । साथी, सम्बन्ध जिवनको एक महत्वपुर्ण पक्ष हो । केहिलेकाँही सम्बन्धले पनि जिवनको यु-टर्न हुन्छ । कतिपय अवस्थामा साथी र सम्बन्धले अवसरको सिर्जना गरिदिन्छ ।

मानिसहरुसँग सम्बन्ध कसरी बढाउने ?

कोहि व्यक्तिसँग पहिलो पटक भेट भएको छ ? त्यो तपाईको लागि असल सम्बन्ध जोड्ने पहिलो खुड्किलो हो । पहिलो भेटमा उसको नाम र पेशा याद गनुहोस् । अर्को पटक तपाईले उक्त व्यक्तिलाई   भेट्दा चिन्नुभएन, बिर्सिनुभयो भने उसको नजरमा तपाईको व्यक्तित्वसम्बन्धी नकरात्मक असर पर्न सक्छ । यसरी दोस्रो पटक उसँग भेट्दा नाम राम्ररी याद गरेर बोल्नुभयो भने आत्मियता र सद्भाव बढ्न सक्छ ।

त्यस्तै, सामाजिक संजालमा आफ्नो पेशा, उद्देश्यसँग सम्बन्धीत व्यक्तिसँग जोडिनुहोस् । त्यहि क्षेत्रका अग्रज व्यक्तिलाई फ्लो गर्नुहोस् । सामाजिक संजालमा आफ्नो तस्बिर मात्र नभएर व्यक्तिगत विचार, समाचार, नयाँ घटना, रोचक तथ्य पनि पोस्ट गर्नुहोस् । यसबाट उनीहरु प्रभावित हुन्छन् र सम्बन्ध अगाडी बढ्छ ।

त्यस्तै, तपाईलाई कसैले कफिको निम्ता दिएको छ भने धन्यवादको साथ समयमा पुग्नुहोस् । अर्को पटक तपाईको दायित्व हुनेछ ।  याद गनुहोस्, सम्बन्ध एक तर्फि मात्र चल्दैन ।

भेटघाटमा शारिरिक हाउभाउ लाई विशेष ध्यान दिनुहोस् । तपाईलाई कसैले काम मार्फत् या अन्य कुनै माध्यमबाट सहयोग गर्छ भने धन्यवादको साथ सकेको उपहार दिनुस् ।

साथै, सामाजिक संजालमा विभिन्न आयोजित कार्यक्रम, इभेन्टको जानकारी लिनुस्, सहभागि हुनुुस् । कार्यक्रम सकिएपछि सहभागिहरु सँग परिचय आदानप्रदान गर्नुहोस् । आयोजकलाई धन्यवाद दिन नबिर्सिनु होला ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083