क्रिकेटमा नेपाललाई कास्य पदक
वि.सं.२०७६ मंसिर २३ सोमवार ०६:३७
5.29K
shares
shares

काठमाडौं । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको राष्ट्रिय पुरुष क्रिकेट टिमले कास्य पदक जित्न सफल भएको छ ।
सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले कास्य हात पारेको हो । माल्दिभ्सले दिएको ९५ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको थियो ।
माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन, अमिल माउरुफले १३ रन जोडे । नेपालका ललित नारायण राजवंशीले सर्वाधिक ३ तथा सुशन भारीले २ विकेट लिए ।
जवाफमा नेपालले १६ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

























