भाङ खाएर नीति तथा कार्यक्रम लेखेको हो : राजेन्द्र महतो

11.36K
shares

काठमाडौं। राष्ट्रिय जनता पार्टीले संविधानमा विमति नरहेको भन्ने सरकारको भनाइ प्रति आपत्ति जनाएको छ।आजदेखि सुरु भएको सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै राजपाका सांसद राजेन्द्र महतोले नीति तथा कार्यक्रममा ‘अब संविधानप्रति बिमति नरहेको’ भनी लेखिएकोमा आपत्ति र असहमति जनाएका हुन्।

संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमति नरहेको भन्ने नीति तथा कार्यक्रममा उल्लेखित ७ नम्बर बुँदाप्रति उनले आपत्ति जनाए।

उनले संविधानप्रति आफूहरुको गम्भीर विमति रहेको उल्लेख गर्दै भने, ‘किन विमति छैनरु यो कहिलेदेखि विमति भएनरु कसले लेख्योे नीति कार्यक्रमरु आधा निन्द्रामा लेख्या होरु पचासौ पटक यो हाउसमा हामीले नै विमति देखाएको हो।

संविधानप्रति व्यापक असन्तुष्टी रहेको र विमति रहेको स्पष्ट हुँदा हुदै संविधानप्रति अब विमति छैन भनेर लेखिएको भन्दै उनले आक्रोश पोखे। ‘यसबाट संविधान नै संशोधन नगर्ने मनस्थितिका सरकार छ भन्ने सन्देश दिइएको छ। त्यो हामीलाई स्वीकार्य छैन, उनले भने, ‘भाङ खाएर नीति तथा कार्यक्रम लेखेको हो ररु’

उनले संविधानलाई सर्वस्वीकार्य रहेको भन्दै सरकारले संशोधनलाई अस्वीकार गर्न नसक्ने दाबी गरे। उनले भने, ‘जब–जब बाइबल, कुरान, गीता, महाभारत संविधानलाई बनाइन्छ, त्यो संविधान गइजान्छ। बाईबाई भइजान्छ।’ उनले सरकारले जनतालाई गुमराहमा राख्ने काम गरेको आरोप लगाए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083