काठमाडौंलाई कालो बादलले छोपियो, हुरीबतास र चट्याङसहित पानी पर्ने, सचेत रहन आग्रह

10.73K
shares

काठमाडौं। काठमाडौं सहित मध्य क्षेत्रमा हुरीबताससहित चट्याङ पर्ने मौसमविद्ले अनुमान गरेका छन्।

बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ। यो चक्रवातको प्रभावले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार बिहान रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारेको पश्चिमी न्यूनचापिय प्राणाली अहिले पूर्वतिर सरिरहेको मौसमविदहरूले जनाएका छन।

भैरहवा, चितवनलगायतका ठाउँमा हुरीबताससहित चट्याङ परिरहेको छ। यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले उपत्यकासहित मध्य क्षेत्रमा केहीबेरपछि हुरीबताससहित चट्याङ पर्ने सम्भावना छ।


divya collage
unigloble collage