थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार २४१ पुग्याे

Nepal Life Insurance Long Ad

काठमाडौं : थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ५६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ४३ जनाकाे मृत्यु भएकाे छ ।

८ साउन २०७७, बिहीवार १६:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु