अनलाइन शिक्षा अवसर कि असर ?
वि.सं.२०७७ जेठ २ शुक्रवार १५:२६
shares

पत्रकार सचिता बुढाथोकी
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न र बचाउनको लागि यतिवेला विश्वका देशहरु लकडाउनमा छन । जारी लकडाउनका कारण विश्वका शैक्षिक संघ संस्थाहरु बन्दा बन्दीमा छन । जसका कारण प्रत्यक्ष मारमा विद्यार्थीहरु परेका छन । नेपाल पनि लकडाउनमा छ यतिवेला , लामोसमयसम्म लकडाउन हुदा विद्यार्थीहरुमा नकरात्मक असर पर्ने हुदा सरकारले यो परिस्थितीमा अनलाइन एजुकेश कक्षा संञ्चालन गर्न सरकारी तथा निजि विद्यालयहरुलाई निर्देशन दिएको छ । निर्देशन अनुसार अहिले केहि निजि कलेजहरुले अनलाइन एजुकेश पठनपाठन सुरु पनि गरिसकेको अवस्था छ ।
नेपालको कतिपय ग्रामिण क्षेत्रमा अहिले पनि टेलिभिजन त परै जाओस रेडियो साथै मोबाइल नेटवर्क सम्म राम्ररी पुग्न सकेको छैन । यस्तो बेला केन्द्रिय सरकार र प्रदेश सरकार द्वारा भनिएको ’भर्चुअल शिक्षा’ कत्तिको प्रभावकारी होला ?
स्कुल कलेज बन्द हुदा विद्यार्थीहरुमा नकारात्मक असर नपरोस र विद्यार्थीले लकडाउनको समयमा केही कुरा सिकुन भनेर यो कक्षा सञ्चालन गरिएको कलेज सञ्चालकहरुले बताएका छन । साथै यो अनलाइन एजुकेश अवसर पनि भएको कलेज सञ्चालकहरुले बताएका छन । अवसर संगसंगै प्रभावकारी रुपमा कक्षा सञ्चालन भैरहेको उनीहरुको दावी पनि छ । यता यसरी अनलाइन कक्षा सञ्चालन गरिएता पनि सबै विद्यार्थीहरु यसको पहुचमा पुगेका छैनन । ग्रामीण भेगमा इन्टरनेटको पहुँच पुगेको छैन , यो अवस्थामा शहरी क्षेत्रका केही विद्यार्थी मात्र अनलाइन एजुकेशनमा जोडिएका छन । एका तर्फ ईन्टरनेटको समस्या अर्का तर्फ आईटी ज्ञान भएका दक्ष शिक्षको अभाव नै छ । यो परिस्थीतिमा कसरी अनलाइन एजुकेशन कक्षा प्रभावकारी होला त ?नेपालको कतिपय ग्रामिण क्षेत्रमा अहिले पनि टेलिभिजन त परै जाओस रेडियो साथै मोबाइल नेटवर्क सम्म राम्ररी पुग्न सकेको छैन । यस्तो बेला केन्द्रिय सरकार र प्रदेश सरकार द्वारा भनिएको ’भर्चुअल शिक्षा’ कत्तिको प्रभावकारी होला ?
फेरि विद्यार्थी र अविभावकहरुसँगको परामर्श र न्यूनतम तयारी विनाको अनलाईन शिक्षा प्रभावकारी हुने देखिदैन । अनलाईन निजी विद्यालयहरुको उक्त कार्य ’शुल्क असुल्ने उपाय’ भन्दै आलोचना पनि भैरहेको छ । केह दिनमात्र संसदीय समितिले पनि अहिले जारी अनलाईन कक्षाका बारेमा स्पष्ट पार्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । शहर केन्द्रित अवस्थालाई मध्यनजर गर्दै ल्याएको यो प्रणालीलाई एउटा राम्रो र नयाँ प्रयोगको रूपमा साथै डिजिटल युगमा प्रवेश गर्दै गरेको नेपाल जस्तो देशको लागि नयाँ आयाम हुन सक्छ । यसलाई अगाडि बढाउँदा नराम्रो भने पक्कै हैन।
त्यसको अलवा अहिलेको नेपालको सूचना सञ्चार क्षेत्रमा हेर्दा के सम्पूर्ण नेपाली हरु के त्यसबाट पूर्ण तया लाभदायी छन । नेपालको कतिपय ग्रामिण क्षेत्रमा अहिले पनि टेलिभिजन त परै जाओस रेडियो साथै मोबाइल नेटवर्क सम्म राम्ररी पुग्न सकेको छैन । यस्तो बेला केन्द्रिय सरकार र प्रदेश सरकार द्वारा भनिएको ’भर्चुअल शिक्षा’ कत्तिको प्रभावकारी होला ? की सहरी क्षेत्रका केही विद्यार्थीहरू लाई मात्र यसमा लाभान्वित गराउने । यो सबैले मनन गर्न जरुरी छ । एउटा कल फोन गर्नको लागि ३ घण्टा सम्म नेटवर्क पर्खिनु पर्ने अवस्था भएको ठाउँमा सुविधा समपन्न इन्टरनेटको पहुँच कसरी पुग्ला ।
कतिपय ठाउँमा अहिले सम्म पनि टुकी बत्ती बालेर बस्नु परेको अवस्थामा त्यहाँ टेलिभिजनको कल्पना गर्नु कहाँ सम्मको मूर्खता हुन सक्ला । यस्तो अवस्थामा देश हुँदा हुँदै केन्द्र र प्रदेशको राजधानीमा बसेर टेलिभिजन कक्षा अनलाईन कक्षाको बारेमा बहस गर्दा के यो सान्दर्भिक होला र ?
कतिपय विद्यार्थीहरु कोरोना कारण लकडाउन भए सँगै आफ्नो घर गएका छन। त्यसैले पनि सम्पूर्ण कुराबाट उनीहरू वञ्चित भएको देखिन्छ । म एउटा सूचना प्रविधि क्षेत्रमा जोडिएको व्यक्ति भएको कारणले र देशको यस्तो अवस्था देख्दा र आफै सूचना प्रविधिलाई अगाडि बढाउन दिनरात लागिपरेको अवस्थामा अहिले आफैले अनलाईन शिक्षालाई प्रभावकारी भने देख्दिन ।
त्यसैलै अनलाइन एजुकेशन अवसर हो वा असर यो मनन गर्न जरुरी छ ।











