कञ्चनपुरमा थारु समुदायको पहिरनमा सिँगारिएकी खानेपानी मन्त्री बिना मगर (फोटोफिचर)

5.29K
shares

ब्यस्तताको बावजुद मन्त्री मगर स्थानीयले आयोजना गर्ने कार्यक्रममा फुर्सद निकालेर पुग्ने गर्छिन्। र आफ्नो क्षेत्रका जनतासँग भेटघाट गर्ने गर्छिन्।

केहि दिनअघि होलीको मौका पारेर गृहजिल्ला कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा उनी अतिथी बनेर पुगिन्।अतिथी बन्ने क्रममा थारु समुदायको पहिरन लगाएर निस्किएकी मन्त्री मगर बेहुली झैं आकर्षक देखिएकी थिइन्।

उक्त कार्यक्रमको प्रमुख आकर्षण बन्न पुगेकी मगरले थारु समुदाय र संस्कृतिको बेग्लै पहिचान रहेको र अल्पसंख्यकको रुपमा रहेको थारु समुदायको पहिरन लगाउँदा थारै भएपनि यस समुदायको पहिचानमा संरक्षण गर्न सघाउ पुग्ने बताइन्।

कार्यक्रममा उनले कञ्चनपुरको बिकासको लागि बाटो, घाटो, पुल तथा खानेपानी लगायतका पूर्वाधारमा विशेष जोड दिएको र काम पनि भैरहेको बताइन्। मन्त्री मगरले होली कार्यक्रमसँगै राना थारु होम स्टे र उधानको शिलान्यास गरिन्।

होमस्टे उद्घाटन गर्दै मगरले होम स्टेबाट कला संस्कृतिको मात्रै जगेर्ना नभई स्थानीय समुदायको आय आर्जनमा पनि सुधार हुने भनाइ राखिन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083