बराबरीमा रोकिए रियल मड्रिड र बार्सिलोना

5.49K
shares

काठमाडौं । रियल मड्रिड र बार्सिलोनाबिचको एल क्लासिको भिडन्त गोलरहित बराबरीमा सकिएको छ ।

स्पेनिस ला लिगा अन्तरगत बुधबार राती भएको बार्सिलोना र रियल मड्रिडको खेलमा ९० मिनेटसम्म कुनै पक्षबाट गोल हुन नसकेको हो ।

एल क्लासिकोको बराबरीपछि बार्सिलोना समान अंक भएपनि शीर्ष स्थानमै कायम भयो भने रियल मड्रिड दोस्रो स्थानमै रहन पुग्यो । बार्सिलोना र रियल मड्रिड दुवैले १७ खेलबाट समान ३६ अंक जोडेका छन्।

गत महिना नै हुनुपर्ने प्रतिस्पर्धा क्याटालोनिया क्षेत्रमा भएको गिरफ्तारीले स्थगित भएको थियो।

सुरक्षाका कारण दुवै टिमका खेलाडी एउटै होटलमा राखिएको थियो भने उनीहरूलाई खेल सुरु हुनु दुई घण्टा अगाडि नै रंगशाला लिएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083