आज प्रदेश ३ को नाम र राजधानी टुंगो लाग्ने

Nepal Life Insurance Long Ad

काठमाडौं । प्रदेश ३ ले आज आफ्नो नाम र स्थायी राजधानी पाउने भएको छ । लामो रिक्ततालाई चिर्दै प्रदेश ३ प्रदेशसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेपछि आइतबार नाम र स्थायी राजधानी टुंगो लाग्ने भएको हो ।

प्रदेश नं. ३ प्रदेशसभा सचिवालयले आइतबार बिहान बस्ने संसद् बैठकले मतदानमार्फत नाम र स्थायी राजधानी टुंगो लगाउने जनाएको छ । शनिबार बसेको बैठकमा स्थायी राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेपलाञ्चोकको धुलिखेल प्रस्ताव भएको छ । सत्तारूढ नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तलगायतका दलले हेटौंडा तथा विवेकशील पार्टी र स्वतन्त्र सांसद् प्रेमबहादुर तामाङले धुलिखेल प्रस्ताव गरेका हुन् ।

प्रदेश ३ को ११० सदस्यीय सभामा नेकपाका ८० र कांग्रेसका २२ सांसद् छन् । विवेकशीलको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र १र१ सांसद् छन् । प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन ७४ मत चाहिन्छ । बहुसंख्यक सांसद् हेटौंडाको पक्षमा देखिएकाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा हुने पक्का छ ।

प्रदेश ३ को नाम र स्थायी राजधानीलाई लिएर सत्तारूढ दल नेकपामै विवाद भएको थियो । नामभन्दा पनि राजधानीको विषयमा नेकपा सांसदहरूको असहमति छ । सांसदहरूबीच मतैक्यता नभएपछि नेकपा सचिवालय बैठकले नै नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौंडालाई बनाउन निर्देशन दिएको थियो । यद्यपि, सांसदहरूले सुरुमा यसबारे असहमति जनाएका थिए । पछि नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले पार्टी सचिवालयकै निर्णय सदर गरेको थियो । लामो समय अनिर्णित रहेको कांग्रेसले भने अन्तिममा आएर नेकपाकै प्रस्तावमा सहमति जनाएको थियो ।

प्रदेश ३ को आइतबारको बैठकले नाम र स्थायी राजधानीबारे टुंगो लाएमा यो नाम र स्थायी राजधानी टुंगो लगाउने चौथो प्रदेश हुनेछ । गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशले नाम र स्थायी राजधानी पाइसके पनि प्रदेश १, २ र ५ ले अझै पाएका छैनन् ।


कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेठ २६ सोमवार

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको...