अकुत सम्पत्ति भ्रष्टाचारः पियनको सम्पत्ति झण्डै १० करोड!

Nepal Life Insurance Long Ad

चावहिल । अख्तियारले चावहिलस्थित मालपोत कार्यालयका सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै ९ करोड अकुत सम्पत्ति थुपारेको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ।

बिहीबार अख्तियारले बस्नेत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको भन्दै विज्ञप्ति जारी गरेको छ। अख्तियारका अनुसार, उनी र उनको परिवारको नाममा ९ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति देखिएको छ। त्यो सम्पत्तिमध्ये ८ करोड ९८ लाखको वैध स्रोत खुलेन। त्यो सम्पत्ति उनले अवैध तरिकाले कमाएको अख्तियारको ठहर छ।

त्यसैले उनलाई २ वर्षसम्म कैद र विगोजति नै जरिवाना गराउन माग गर्दै अख्तियारले विशेषमा मुद्दा हालेको हो। त्यसमाथि उनले भ्रष्टाचार गरी कमाएको ८ करोड ९८ लाख जफत गर्न पनि अख्तियारको माग छ।

उक्त सम्पत्ति मध्ये ७४ लाख ७३ हजार ३ सय ७३ ‍रूपैयाँमात्रै वैध रहेको अख्तियारले जनाएको छ। मालपोतमा कार्यालय सहयोगीको काम गर्ने उनको जीवनयापन अस्वभाविक भएको भन्दै उजुरी परेपछि बस्नेत अनुसन्धानमा तानिएका थिए।

बस्नेत २०४५ सालमा मालपोतका कार्यालय सहयोगीको रूपमा सेवा प्रवेश गरेका थिए। अख्तियारले सेवा प्रवेश देखि गत वर्षसम्मको अवधिमा भएको आय विश्लेषण गरेको थियो।

पारिश्रमिक, बचत, आय, घरजग्गा बिक्री, सवारीसाधन बिक्री र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत हिसाब गर्दा उनको परिवारको वैध आय जम्मा ७४ लाख ७३ हजार देखिएको हो।

निज मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काट्ने, नगद असुल गर्ने तर राजस्व दाखिला नगर्ने लगायतका गैरकानुनी काम गरेको भन्दै गत वर्ष पनि विशेष अदालतमा मुद्दा परेको थियो। त्यतिखेरै उजुरीको क्रममा अख्तियारले नियन्त्रणमा लिँदा ११ लाखरूपैयाँ बरामद गरेको थियो।

आफू तथा आफ्नो परिवारका सदस्यहरु लगायत अन्य भतिजा नाताका व्यक्ति समेतका नाममा उनले जग्गा, सवारी साधन, व्यवसाय लगायतका विभिन्न शीर्षकहरू खर्च र लगानी गरेको अख्तियारको अनुसन्धानबाट पत्ता लागेको छ।

उनले श्रीमती सीता बस्नेतको नाममा ६ करोड, ७४ लाखको घरजग्गा किनेको र आमाको जग्गामा ६२ लाख ९० हजारको घर बनाएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार उनले ३९ लाख ७६ हजार त सापटी लिएको चुक्ता गरेका छन्, ५ लाखको बीमा गरेका छन्। उनले अंशियारलाई अंशबापत १५ लाख दिएको देखिन्छ। त्यस्तै ३७ लाख ३१ हजार रूपैयाँ सवारी साधनमा र छोरा छोरीको शिक्षादिक्षामा १७ लाख ८६ हजार खर्च गरेका छन्। उनको परिवारको नाममा विभिन्न बैंकहरूमा ५ लाख रूपैयाँ देखिन्छ।

त्यस्तै उनले आफ्नी श्रीमतीको बैंकखाताबाट भतिज कृपा बस्नेतलाई १ करोड पठाएको पनि अख्तियारको अनुसन्धानले देखाएको छ। यी सबैमध्ये ७४ लाख ७३ हजार मात्र वैध आय हो।अख्तियारले चावहिलस्थित मालपोत कार्यालयका सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै ९ करोड अकुत सम्पत्ति थुपारेको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ।

बिहीबार अख्तियारले बस्नेत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको भन्दै विज्ञप्ति जारी गरेको छ। अख्तियारका अनुसार, उनी र उनको परिवारको नाममा ९ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति देखिएको छ। त्यो सम्पत्तिमध्ये ८ करोड ९८ लाखको वैध स्रोत खुलेन। त्यो सम्पत्ति उनले अवैध तरिकाले कमाएको अख्तियारको ठहर छ।

त्यसैले उनलाई २ वर्षसम्म कैद र विगोजति नै जरिवाना गराउन माग गर्दै अख्तियारले विशेषमा मुद्दा हालेको हो। त्यसमाथि उनले भ्रष्टाचार गरी कमाएको ८ करोड ९८ लाख जफत गर्न पनि अख्तियारको माग छ।

उक्त सम्पत्ति मध्ये ७४ लाख ७३ हजार ३ सय ७३ ‍रूपैयाँमात्रै वैध रहेको अख्तियारले जनाएको छ। मालपोतमा कार्यालय सहयोगीको काम गर्ने उनको जीवनयापन अस्वभाविक भएको भन्दै उजुरी परेपछि बस्नेत अनुसन्धानमा तानिएका थिए।

बस्नेत २०४५ सालमा मालपोतका कार्यालय सहयोगीको रूपमा सेवा प्रवेश गरेका थिए। अख्तियारले सेवा प्रवेश देखि गत वर्षसम्मको अवधिमा भएको आय विश्लेषण गरेको थियो।

पारिश्रमिक, बचत, आय, घरजग्गा बिक्री, सवारीसाधन बिक्री र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत हिसाब गर्दा उनको परिवारको वैध आय जम्मा ७४ लाख ७३ हजार देखिएको हो।

निज मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काट्ने, नगद असुल गर्ने तर राजस्व दाखिला नगर्ने लगायतका गैरकानुनी काम गरेको भन्दै गत वर्ष पनि विशेष अदालतमा मुद्दा परेको थियो। त्यतिखेरै उजुरीको क्रममा अख्तियारले नियन्त्रणमा लिँदा ११ लाखरूपैयाँ बरामद गरेको थियो।

आफू तथा आफ्नो परिवारका सदस्यहरु लगायत अन्य भतिजा नाताका व्यक्ति समेतका नाममा उनले जग्गा, सवारी साधन, व्यवसाय लगायतका विभिन्न शीर्षकहरू खर्च र लगानी गरेको अख्तियारको अनुसन्धानबाट पत्ता लागेको छ।

उनले श्रीमती सीता बस्नेतको नाममा ६ करोड, ७४ लाखको घरजग्गा किनेको र आमाको जग्गामा ६२ लाख ९० हजारको घर बनाएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार उनले ३९ लाख ७६ हजार त सापटी लिएको चुक्ता गरेका छन्, ५ लाखको बीमा गरेका छन्। उनले अंशियारलाई अंशबापत १५ लाख दिएको देखिन्छ। त्यस्तै ३७ लाख ३१ हजार रूपैयाँ सवारी साधनमा र छोरा छोरीको शिक्षादिक्षामा १७ लाख ८६ हजार खर्च गरेका छन्। उनको परिवारको नाममा विभिन्न बैंकहरूमा ५ लाख रूपैयाँ देखिन्छ।

त्यस्तै उनले आफ्नी श्रीमतीको बैंकखाताबाट भतिज कृपा बस्नेतलाई १ करोड पठाएको पनि अख्तियारको अनुसन्धानले देखाएको छ। यी सबैमध्ये ७४ लाख ७३ हजार मात्र वैध छ। यो खबर सेतोपाटी बाट सभार गरिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेठ २६ सोमवार

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

आईजीपी दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा १-१८४औं समूहको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय...