नेकपा बैठकः छलफलका लागि छानिए १५ टोलीका नेता

Nepal Life Insurance Long Ad

काठमाडौं । मंलबारबाट शुरु भएको सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटी बैठकमा आज बिहीवार समूहगत छलफल जारी रहेको छ ।

पार्टी कार्यालय धुम्बाराही, पेरिसडाँडा र राष्ट्रिय सभागृहमा समूहगत छलफल जारी रहेको हो । बुधवारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल समूहगत रुपमा हुने भएको हो । जसका लागि १५ वटा समूह बनाइएको छ ।

प्रत्येक समूहमा २९ जना केन्द्रीय सदस्य राखिएको छ । बर्णानुक्रम अनुसार २९ जना सदस्यलाई एउटा समूहमा राखेर छलफल चलाइएको छ । छलफलका निर्कष टोली नेताले केन्द्रीय समितिको बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ ।

त्यसका लागि समूहमा टोली नेताको चयन थालिएको छ । जसमध्ये अधिकांश जसो समूहले टोली नेताको चयन गरेका छन् । २ नम्बर समूहमा टोली नेताको चयनका लागि मतदान नै हुने तयारी भएको बेलामा अन्त्यमा सहमति जुटेको छ ।

कुन समूहको टोली नेता को छानिए:

१ नम्वर टोलीको नेता–उर्मिला अर्याल र आनन्द पोखरेल

२ नम्बरको टोली नेता– कमला रोका

३ नम्बर टोलीको नेता– खिमलाल भट्टराई

४ नम्बर टोलीको नेता– जगन्नाथ खतिवडा

५ नम्बर टोलीको नेता– ठाकुर गैरे

६ नम्बर टोलीको नेता–दिनानाथ शर्मा

७ नम्बर टोलीको नेता– पूर्णकुमारी सुवेदी

८ नम्बर टोलीको नेता– बिन्दा पाण्डे

९ नम्बर टोलीको नेता– भगवती चौधरी

१० नम्बर टोलीको नेता– युवराज ज्ञवाली

११ नम्बर टोलीको नेता– राजेन्द्र राई

१२ नम्बर टोलीको नेता –रेणु दाहाल

१३ नम्बर टोलीको नेता– लेखनाथ न्यौपाने

१४ नम्बर टोलीको नेता –राम कार्की

१५ नम्बर टोलीको नेता– हिमाल शर्मा


राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

२०८२ असार २ सोमवार

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...