स्ववियु निर्वाचन स्थगन गर्ने निर्णय, विद्यार्थी आन्दाेलनकाे विरुद्धमा छ!

12.9K
shares

काठमाडौ । स्ववियु निर्वाचनकाे तालिका सार्वजनिक गर्नुकाे सट्टा त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन स्थगन गर्ने निर्णय समग्र विद्यार्थी अान्दाेलनकाे विरुद्धमा भएको अनेरास्ववियूू नेता तिलक राज भण्डारी बताएका छन्  ।

विश्वविद्यालयले यथासिघ्र विद्यार्थी संगठनहरुकाे बैठक बाेलाइ निर्वाचनकाे मिति र कार्यतालिका सार्वजनिक गर्न पर्ने नेता भण्डारीले माग समेत राखेका छन् ।

प्रत्येक वर्ष विभिन्न बहानामा स्ववियू निर्वाचन रोक्ने प्रवृत्ति दोहरिदै आएको  भन्दै विश्वविद्यालय वा जुनसुकै संगठन र नेतृत्वको कारणले स्ववियू निर्वाचन रोकिए पनि उसको बाहना र असली नियत विद्यार्थीहरुको विचमा कहिलै छिपाउन नसक्ने दाबी समेत गरेका छन् ।

साथै स्ववियु निर्वाचन सम्पन्न हुन सकेन भनेर विश्वविद्यालयको पदाधिकारी र विद्यार्थी अान्दाेलनकाे नेतृत्व नैतिक जिम्मेवारीबाट उम्किन नमिल्ने समेत मुक्तिखबर अनलाइन पत्रीका सम्बादाता सगं बताएका छन् ।