पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना नेगेटिभ भएको पुष्टि

6.93K
shares

काठमाडौं– उपचारका क्रममा पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा मृत्यु भएका युवकको कोरोना भाइरस (कोभिड १९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार अस्पताल भर्ना भएका युवाको राति नै उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।केही दिन अगाडि भारतबाट आएर धादिङस्थित गाउँमा बस्दै आएका उनी ज्वरो आएपछि पाटन अस्पताल आइपुगेका थिए ।

पाटन अस्पताल स्रोतका अनुसार उनी मिर्गौलाको समस्याबाट पीडित थिए । अस्पताल भर्ना हुँदासम्म हिँडडुल गर्न सक्ने अवस्थामा रहेका उनको भर्ना भएकै राति उपचारका क्रममा मृत्यु भएको थियो ।

मृत्यु भएपछि कोरोना संक्रमणको आशंकामा उनको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले उपचारका क्रममा मृत्यु भएको भन्ने आशंका कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083