छैटौं कोरोना संक्रमण बागलुङकीमहिलामा भेटियो

26.99K
shares

काठमाडौं । नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी महिला भएको पुष्टि गरे ।

उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भएको  जानकारी गराएका हुन्  ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083