वडा अध्यक्ष सन्जय प्रसाद साहले गरे घरघरमै गएर माक्स र सावुन वितरण

12.27K
shares

रौतहट । कोरोना भाईरसले विश्वनै आक्रान्त भईरहेको अवस्थामा नेपाल सरकारले पनि यसको भाईरस नियन्त्रणका निमित्त पुरै देश लक डाउन गरेर सर्वसाधारणलाई घर वाहिर हिंड डुल गर्न नदिईरहेको अवस्था छ । आम सर्वसाधारण लगायतलाई घरमा वस्दा वस्दा दिग्दार मानिरहेका छन् । तर यस्तो अवस्थामा फतुवा विजयपुर नगरपालिका उपमेयर कान्ति देवी र वडा नम्वर का वडाध्यक्ष सन्जय प्रसाद साह भने जनताका घर–घरमा गएर माक्स, सावुन र चेतनामुलक सन्देश बाँडदैमा भ्याई नभ्याई छ ।

रौतहटको को विजयपुर नगरपालिकाको झन्डै ११ वडाहरुमा न प्रत्येक घर घरमा गएर माक्स, सावुन र चेतनामुलक सन्देश बाँडदै कोरोना भाईरसवाट वच्ने उपाय ( हातधुने तरिका, लकडाउनको परिपालना, माक्सको प्रयोग )को वारेमा जानकारी दिईरहेका छन् ।

संक्रमण फैलिईहालेमा ठूलो समस्या आउने भएकोले झन्डै ८१३० वटा र १३०० पिस सावुन वितरण गरिएको र यसरी लागि परेको वडाध्यक्ष साहले मुक्तिखबर सँगको कुराकानीमा वताए ।

समाज र जनता स्वास्थ्य भएमा मात्र समाज र देशको विकास हुने उनको बुझाई छ । त्यसैले दिनरात र कोरोनाको डर नराखी जनताको सेवामा लागेको साह वताउँछन् । वडाध्यक्ष घर घरमा गएर यस्तो जानकारी तथा सामाग्री उपलव्ध गराएपछि सर्वसाधारण जनताले खुशी व्यक्त गरेका छन् । वडावासीहरुले साँच्चै सरकार गाँउमा आएको महशुस भएको वताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083