काठमाडौंबाट गाउँ फर्कने चाहनेहरुलाई शुक्रबार र शनिबार जान दिने सरकार निर्णय

35.69K
shares

काठमाडौँ — सरकारले काठमाडौंबाट गाउँ फर्कने चाहनेहरुलाई शुक्रबार र शनिबार जान दिने भएको छ ।

कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले बुधबार सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग गरेको छलफलबाट भोलि र पर्सी गाउँ फर्कन जान चाहनेहरुका लागि दिने निर्णय भएको पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

उपप्रधानमन्त्री पोखरेलले भौतिक पूर्वाधार तथा यातायत मन्त्री, संघीय मामिला तथा स्थानीय विकास मन्त्री, पर्यटन मन्त्री र गृहका मन्त्रीहरुसँग घर फर्कन नपाएकहरुलाई पठाउने भन्नेबारे छलफल गरेका थिए।

सरकारले अचानक लकडाउन घोषणा गरेपछि धेरै काठमाडौंमा रोकिएका थिए। बिहीबार गृह मन्त्रालयमा उनीहरलाई कसरी घर पठाउने भन्नेबारे छलफल भइरहेको छ।

यस्तै अन्य जिल्लाबाट काठमाडौं भने आउन नपाइने बताइएको छ।

गृह मन्त्रालयमा उनीहरुलाई कसरी पठाउने भन्नेबारे मोडालिटी तयार भइरहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083