तबलिगी जमातमा सहभागी भई नेपाल फकिँदै गरेका दुई मुसलमान भारतीय सुरक्षाबलको जिम्मा

6.73K
shares

नवलपरासी।

भारतको तवलिगी जमातमा सहभागी भई नेपाल फर्कदै गरेका दुई मुस्लिमलाई पश्चिम नवलपरासीको सुस्ताका स्थानीयले भारतीय सुरक्षाबलको जिम्मा लगाएकाछन् ।दक्षिण दिल्लीमा रहेको निजामुद्धिन मरकजबाट एकाएक हिँडेका ती जमातीहरु पश्चिम नवलपरासीको सुस्ता, नथइनगर स्थित सिमावर्ती बनकट्टी नाका पैदल पार गर्दै गर्दा समातिएका थिए ।

सुस्ता गाउपालिका वडा नम्वर ५ का अध्यक्ष प्रभूनाथ यादव सहितका स्थानीय र सुरक्षाकर्मीले कोभिड १९ सुरक्षा सतर्कता नियम अनुसार ति जमातीलाई भारतीय सुरक्षावल एसएसवीको जिम्मा लगाएकाहुन् ।यसरी भारतीय सुरक्षा बलको जिम्मा लगाइएका जमातीहरुमा नेपाल स्थित सुनसरी जिल्ला ईनरुवा नगरपालिका पकडी निबासी ६५ वर्षीय सलमान मिया र सोही उमेरका अनबुल मिया रहेकाछन् ।

बृद्ध उमेर टेकी सकेका मियाले आफूहरु भारतको पन्जाबबाट दिल्ली हुदै आएको बताए पनि स्थानीयले भने जमातीहरु सुस्ताको नेपाल भारत खुला सिमानाबाट लकडाउनका बेला घुसपैठ गर्न लागेको दावी गरेकाछन् ।

बताईए अनुसार जमातीहरु दिल्लीबाट भारतमा लागु गरिएको लकडाउन लुकिछिपी छिचोल्दै उत्तर प्रदेश राज्यको महाराजगंज जिल्ला करमिसवा ग्राम भएर सोमबार विहान नेपाल भारत सिमानाका आईपुगेका थिए ।

भारतीय पक्षको जिम्मा लगाइएका जमातीहरुलाई एसएसवीले पनि स्थानीय निचलौल थानामा बुझाई सम्वन्धित स्वास्थ्य विभागले तोकेको क्वारेन्टाईनमा पठाई सकेको बुझिएको छ ।

भारतमा कोरोना संक्रमित मानिसहरुको संख्या बढ्दै गए पछि सिमा क्षेत्रमा सशस्त्र सुरक्षावलका साथै स्थानीयहरुले पनि सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै नेपाल भारत आवत जावतमा रोक लगाउदै आएकाछन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083