सनसिटी अपार्टमेन्टका तीनमध्ये दुईजनामा कोरोना पोजेटिभ

10.66K
shares

काठमाडौं : काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट परीक्षण गर्दा कोरोना देखिएका तीनमध्ये दुईमा जनस्वास्थ्य प्रयोशाला टेकुमा गरिएको पीसीआर टेस्टबाट कोरोना पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।

त्यसपछि उनीहरुलाई प्रहरीको टोलीले सोमबार अपरान्ह पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिदिएको थियो। तीनैजनाको अहिले पाटनकै आइसोलेसनमा उपचार भइरहेको छ।

सनसिटी अपार्टमेन्टमा बस्दै आएका उनीहरु गत ५ चैत गते बेलायतको लण्डनबाट आएका हुन् ।अपार्टमेन्टमा बस्‍ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि उक्त बिल्डि‌ङ परिसरलाई नै प्रहरीले लकडाउन गरेको छ ।
योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। नेपालका पहिलो संक्रमित उपचारपछि घर फर्केका छन्। अन्य १५ जनाको देशका विभिन्‍न अस्पतालमा उपचार चलिरहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083