दैलेखमा अनौठो बच्चाको जन्म

20.05K
shares

दैलेख । जिल्लाको आठबीस नगरपालिका-७ तीलेपाटामा एक अनौठो बच्चाको जन्म भएको छ। स्थानीय तीलेपाटा स्वास्थ्य चौकीमा उक्त बच्चाको जन्म भएको हो । बच्चाको नाक र मुख राम्रोसँग छुट्टिएको छैन् । नाक र मुखको बीच भागमा प्वाल मात्रै छ । बच्चाको आँखा समेत राम्रोसँग खुलेको छैन् । शरीर र खुट्टा समेत लुलो रहेको स्वास्थ्य चौकीमा कार्यरत अनमी रेश्मा विश्वकर्माले बताइन् ।

‘बच्चा गर्भमा रहँदा स्वास्थ्य चौकीमा जाँच गरिएको थियो, ‘बच्चाको अवस्थाबारे जानकारी दिन एक पटक भिडियो एक्सरे गर्न जान भनेका थियौं,’ अनमी विश्वकर्माले भनिन्, ‘उहाँहरु जानुभएन, अहिले बच्चा असामान्य जन्मियो।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083