लकडाउनमा हिमालय भोटे समाजको गर्यो खाद्यान्न वितरण
वि.सं.२०७७ वैशाख १३ शनिवार २३:३६
shares

काठमाडौ । कोभिड १९को संक्रमण नियन्त्रण तथा रोकथामकालागि सरकारले गरेको लाकडाउनमा दैनिक ज्यालादारी ,विपन्न ,एक तथा विद्यार्थीलाई राहत सामाग्री वितरण कार्यलाई त्रिवता दिएको छ ।
जिल्लामा १८वटा स्थानिय निकाय मध्ये केही स्थानिय निकायले राहत वितरण कार्य सम्पन्न गरेको तथा अन्य स्थानिय निकायहरुमा गरिब विपन्न तथा दैनिक ज्यालादारी गर्ने व्यक्तिको लगत संकलन गरी राहत वितरण गरेको छ ।
संखुवासभा जिल्ला भोट्खोला गाँउपालिका भैइ हाल काठमाडौमा अस्थाई रुपमा बसोबास गर्नु गर्दै आएका विद्यार्थी , एकल माहिला , दैनिक ज्यालादारी गर्ने मजदुर लाई हिमालय भोटे समाजले राहत संकलन गरि पहिलो चरणमा झन्डै १५६ जना लाई खाद्यान्न बितरण गरेका छन् ।त्यस्तै दोस्रो चरणमा २५ जना लाई राहत संकलन गरि बितरण गरेको हो । राहत संकलनमा भोटखोला गाउपालिका वडा न . ४ सिपुरुङ पासाङ लामा ( घङरी ) बाट १० बोरा चामल अनि २५ पोका तेल र २५ पोका नुन सहयोग भएको तथा हिमालय भोटे समाजका कोषाध्यक्ष तेम्बा भोटेले सासुआमाको ४० औ पुण्यमा – ५ बोरा सहयोग गरेका हुन् ।
त्यस्तै भोटखोला गाउपालिका वडा न-३ फाराङका समाजसेवी छिरी पान्देन भोटेले पनि २० बोरा चामल सहयोग गरेका हुन् । भोट्खोला गाउपालिका वडा न २ चेपुवाकापिम्बा डनेङ भोटे बाट – ५ बोरा चामल सहयोग भएको भोटखोलाका सक्रिय युवा छितेन भोटेले बताए ।

































