अनेरास्ववियूको विभिन्न स्थानमा विरोध: पोखरामा मोदीको पुत्ला जल्यो!
वि.सं.२०७७ वैशाख २८ आइतवार १७:४५
shares

काठमाडौं । भारतले लिपुलेक क्षेत्रमा सडक बनाएको विरोधमा तथा प्रदर्शन गर्न गएका विद्यार्थीहरु नेपालका विभिन्न स्थान बाट पक्राउ परेका छन्। आइतबार बिहान सीमा मिचेको विरोधमा प्रदर्शन गर्न गएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो। विरोधमा तथा प्रदर्शन काठमाडौको सांसद भवन अगाडि नारावाजी तथा विरोध प्रदर्सन गरेका थिए भने पोखरामा विरोध तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जल्लाएका थिए। विरोध तथा प्रदर्सनमा गएकाहरुलाइ प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ पर्नेहरुमा पोखरा बाट क्रान्तिकारी पुर्व सचिव अनेरास्ववियू केन्द्रिय सदस्य क्षितिज सापकोटा, अनेरास्ववियू पोखरा महानगर नेतृत्व विशाल गोले तामाङ, अनेरास्ववियू पोखरा विश्वविद्यालयका नेता बिनायक तिमिल्सिना , मदन पहारी लगायत छन् ।
त्यस्तै काठमाडौ बाट पक्राउ पर्नेमा रविन जंग वस्नेत, समीर बुढाथोकी मुक्ति, भुमीराज अधिकारी, निर्गराज जैसी , प्रवेश दहाल , गोबिन्द भण्डारा, सङ्हर्श दाहाल, गोबिन्द बिष्ट, हरि भण्डारी,राम नरेश यादव र हिक्मत महरा रहेका हुन्। उनीहरुलाई तीनकुने प्रहरी चौकीमा राखिएको छ ।
शनिबार पनि उनीहरुले माइतीघर मण्डलामा विरोधमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा पक्राउ परेपछि उनीहरु शनिबार राती नै छुटेका थिए।
‘ओली सरकार राजीनामा दे, सीमा सुरक्षामा सुरक्षाकर्मी खटाउ’ भन्दै नारा लगाउँदै प्रदर्शनमा उत्रिए उनीहरुलाई प्रहरीले लकडाउन र सरकारको विरोध गरेको भन्दै पक्राउ गरेको हो।
देशको सीमा बचाउ अभियानमा लागेका सरकारले विद्यार्थीमाथि बल प्रयोग गरी पक्राउ गरेको विद्यार्थीहरुले आरोप लगाएका छन्।’हामी शान्तपूर्वक प्रदर्शनमा रहेका बेला प्रहरीले तितरवितर गर्यो,’ अनेरास्ववियु केन्द्रीय सदस्य रविन बस्नेतले भने।
भारतले शुक्रबार मात्रै नेपाली पक्षसँग सल्लाह नै नगरी नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भू-भाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्नेसम्मको लचकता देखाउँदासमेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेको हो।
उक्त सडक भारतबाट मानसरोवर जाने सबैभन्दा छोटो बाटोको रूपमा हेर्न सकिन्छ। यो सडक भारतको राजधानी दिल्लीबाट लिपुलेकको दूरी सात सय ५० किलोमिटर हुन्छ र त्यहाँबाट मानसरोवरको दूरी ९७ किलोमिटर मात्र छ।


































