मेरो भन्दा राष्ट्रको सुरक्षा महत्त्वपूर्ण हो,भन्दै श्रेष्ठ गरे सेना फिर्ता लैजान आग्रह!

9.7K
shares

काठमाडौ ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी राज्यलाई लैजान आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राज्यको आवश्यकताका लागि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी लैजान सक्ने जनाएका हुन ।

उनले ट्वीटरमा लेखेका छन– ‘मैले पूर्वगृहमन्त्रीले लिने गरेको गाडी र तेल सुबिधा शुरुदेखि नै लिईन । सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ । तर गत चुनाव अघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो ।’ उनले लेखेका छन- ‘थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन ।

मैले आफुलाई सुरक्षा खतरा महशुष गरेको छैन । राज्य संयन्त्रले त्यस्तो आँकलन गरेको छ भने पनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठेरो परेकोभए क्षमा याचना ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083