बिपन्न तेक्वान्दो खेलाडी र परिवारलाई एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोको खाद्यान्न वितरण

10.19K
shares

ललितपुर । एभरेस्ट वल्ड क्लास तेक्वान्दो (Everest world class taekwondo) संस्थाको सहयोग मा ललितपुर लुभु-८, महालक्ष्मी माध्यामिक बिद्यालयमा रहेको महालक्ष्मी तेक्वान्दो डोजाङ्गमा प्रशिक्षण गर्ने बिपन्न तेक्वान्दो खेलाडीको परिवारलाई एभरेस्ट तेक्वान्दोले खाद्यान्न वितरण गरेको अनेरास्ववियू केन्द्रिय सदस्य तथा वर्ल्ड क्लास तेक्वान्दो नेपाल शाखाका सचीव संजिव फुयालले जानकारी गराएका छन् ।

खाद्यान्न संकलनको लागी महत्त्वपूर्ण आर्थिक सहयोग गर्नु हुने हाम्रो एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो केन्द्रिय कार्यलय अमेरिकका संस्थापक मास्टर कुमार कार्की मास्टर कल्पना कार्की साथै पुर्व तेक्वान्दो खेलाडी बिनोद चौलागाईं लाई एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो नेपाल शाखाका सचीव संजिव फुयालले धन्यवाद दिएका हुन् ।

महालक्ष्मी तेक्वान्दो डोजाङ्गका बिपन्न खेलाडीको परिवार राहत वितरण एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो नेपाल शाखाका अध्यक्ष केशव थापा उपाध्यक्ष मास्टर बलाराम कार्की सचीव संजिव फुयाल कोषाध्यक्ष तिलक ढुंगाना महालक्ष्मी तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक मास्टर थानेश्वोर दर्लामी मगर जावलाखेल तेक्वान्दो डोजाङ्गका उपाध्यक्ष मास्टर निरज गौतम र सोही बिद्यालयका शिक्षक कृष्ण कुमार दाहालको उपस्थिती रहेको जानकारी गराएका छन् ।

ललितपुर लुभुमा डेरामा बस्ने विपन्न खेलाडीको प्रत्येक परिवारलाई १ बोरा (३० केजी )चामाल १ किलो दाल १किलो चिनी १ लिटर तेल १ किलो चना १ किलो चिउरा एक पाकेट नुन आधा किलो चियापत्ती गरि ३७ जाना लाई वितरण गरिएको हो। हामी र हाम्रो तेक्वान्दो डोजाङ्ग सदैवनिरन्तर खेल र खेलाडीसंगै रहने प्रतिबद्धता व्यक्त गर्दै सचिव फुयालले प्राविधिक तथा स्वयंसेवकिय भुमिका सहयोग गर्ने अनिल खनाल आकाश गौतम लाई डोजाङ्गको तर्फबाट धन्यवाद व्यक्त गरेका हुन् ।


divya collage
unigloble collage