लकडाउनमा वृद्ध र अशक्तहरुको कोठा- कोठामा खाद्यान्न पुर्याउदै विद्यार्थी नेताहरू
वि.सं.२०७७ जेठ २ शुक्रवार २१:०३
shares

काठमाडौ । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेका बेला अप्ठ्यारोमा परेका नागरिक विशेषगरी अशक्त, वृद्धहरु, एकल महिला र अध्यनको लागी काठमाडौमा भाडामा बस्दै आएका विद्यार्थीहरु मारमा परेका छन् । कतिपय ठाउँमा सर्वसाधारण भोक-भोकै बसेका समाचार समेत आइरहेका छन् ।
काठमाडौ महानगरपालिकाले समेत अहिले पर्याप्त राहत वितरण गर्न सकेको छैन । सरकारी स्तरबाट पर्याप्त राहत वितरण गर्न नसक्दा दैनिक ज्याला गरेर खाने श्रमिक वर्गदेखि विपन्न, असहाय, एक महिला वृद्धहरु र भाडामा बसेका विद्यार्थी राहत बाट बेखबर छन् ।
सरकारी राहतको अत्तोपत्तो नभएका बेला अखिल (क्रान्तिकारी )केन्द्रिय उपाध्यक्ष तथा अनेरास्ववियू नेता इन्द्र भुसाल र उनको अभियानमा साथ दिदै अनेरास्ववियू केन्द्रिय सदस्य श्याम रोक्का, उपदेश यादव र सरोज कोइराला, क्षितेन भोटे लगायतले अशक्त, वृद्धहरु, एकल महिला र अध्यनको लागी काठमाडौमा भाडामा बस्दै आएका विद्यार्थीहरुको कोठा-कोठामा खाद्यवस्तुमा लिएर पुग्ने गरेका छन् ।
खाद्यान्न अभाव भएको खबर प्राप्त गर्न साथ खाद्यान्न लिएर पुग्ने गरेका भुसाल लकडाउन भए पछि वृद्ध,अशक्त एकल महिला र विद्यार्थीहरुको खाद्यान्न अभाव भएको खबर सुन्न थाले पछि उनले घर-घरमै खाद्यान्न पुर्याउने अभियान सुरु गरेको बताए । आज (शुक्रवार ) सम्म झन्डै दुई सय परिवारलाई खाद्यान्न वितरण भैसकेको बताएका छन् ।
यसरी अहिले सरकारी स्तरबाट भन्दा पनि राजनीतिक व्यक्ति, सामाजिक अभियान्ता र नागरिक स्तरबाट राहत र खानाको बन्दोबस्त भइरहेको छ केही ‘मनकारी मानवहरू’ व्यक्तिगत रुपमा सहयोग गर्दै राहत वितरण गर्दै खाना खुवाइरहेका छन् । जसले गर्दा काठमाडौमा कोही भोकै बस्नुपरेको छैन ।
















