भारतीय अतिक्रमणविरुद्ध विरोध: सामाजिक संजाल प्रयोगकर्ताले बनाए प्रोफाइल कालो!
वि.सं.२०७७ जेठ ४ आइतवार २०:३३
21.45K
shares
shares

काठमाडौँ — भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा विरोधको शैली बदल्दै सामाजिक संजाल प्रयोकर्ताले प्रोफाइल पुर्णकालो बनाएर विरोध जनाएका छन् । विद्यार्थी, नागरिक तथा विभिन्न सगंठनका विद्यार्थी नेताहरुले समेत प्रोफाइल कालो बनाएका हुन् ।
यस अघि पनि लकडाउनका बीच नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि पुगेर विरोध प्रदर्शन गरेका थिए ।
शुक्रबार भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने बाटोको उद्घाटन गरेसँग सडकदेखि सदनसम्मै त्यसको विरोध भइरहेको छ ।


























