लकडाउनको ६१ औं दिन: अनेरास्ववियूका नेताहरुले दिए राहत वितरणलाई तिव्रता
वि.सं.२०७७ जेठ १० शनिवार १६:४१
shares

काठमाडौ । आज लकडाउनको ६१ औं दिन पूरा भएको छ। लम्बिदो लकडाउन र सबै आम्दानीको श्रोत बन्द हुँदा मजदुर, विद्यार्थी र गरिब विपन्न परिवार मात्र होइन सबै खाले परिवारलाई खाद्यान्न अभाव सिर्जना हुन थालेको छ ।
लकडाउनको सुरुवाती समयमा सरकारी निकाय देखी विभिन्न संघ संस्था र दाताहरूले राहत स्वरुप खाद्यान्न वितरण गरे पनि पछिल्लो समय राहत वितरण तथा सहयोग गर्ने दाताहरूको कमि हुदैगर्दा तत्कालीन अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष तथा अनेरास्ववियू नेता ईन्द्र भुसालको नेतृत्वमा खाद्यान्न वितरण झैनै तिव्र पारिएको छ।
लकडाउनको ६१ औं दिन सम्म आइपुदा धेरै परिवारको चुलो बाल्न र सामान्य गुजारा समेत चलाउन गाह्रो भएको बेला भुसाल नेतृत्वको समुहले खाद्यान्न वितरण तिव्र पारेको हो । राजधानीका विभिन्न स्थानमा भाडामा बस्दै आएका विपन्न परिवार, मदजुर, अशक्त तथा एकल महिला र विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेको हो।
अनेरास्ववियू केन्द्रिय सदस्य दुतराज तामाङ, स्वास्थ्यकर्मी रोजिना श्रेष्ठ तथा सरकारी कर्मचारी क्षितेन भोटे लगायतको उपस्तिथितिमा बौद्ध टुसाल, तामाङ्ग गुम्बा, वषपार्क, स्वयम्भू, सानो भर्यान पाटन, गोदावरी, भक्तपुर लगायत उपत्यकाको विभिन्न स्थानको घर-घरमा पुगेर खाद्यान्न वितरण गरिएको जानकारी गराएका छन् ।
कतिपय ठाउँमा सर्वसाधारण भोक-भोकै बसेका समाचार समेत आए पछि राहत वितरणलाई तिव्रता पारिएको विद्यार्थी नेता दुतराज तामाङले बताए ।
काठमाडौ महानगरपालिकाले समेत अहिले पर्याप्त र स्थानीय वासीलाइ राहत वितरण गरेको र सरकारी स्तरबाट पर्याप्त राहत वितरण गर्न नसक्दा दैनिक ज्याला गरेर खाने श्रमिक वर्गदेखि विपन्न, असहाय, एक महिला वृद्धहरु र भाडामा बसेका विद्यार्थी राहत बाट बेखबर भएकाले यो विषम परिस्थितिलाई सामान्य बनाउन राहत वितरण तिव्र पारिएको बताएका छन् ।
विशेषगरी अशक्त, वृद्धहरु, एकल महिला र अध्यनको लागी काठमाडौमा भाडामा बस्दै आएका विद्यार्थीहरुको कोठा-कोठामा खाद्यवस्तुमा लिएर पुग्ने गरेकामा पछिल्लो समय खाद्यान्न अभाव भएको खबर प्राप्त गर्न साथ खाद्यान्न लिएर पुग्ने गरेका छन् ।
लकडाउनको सुरुवात देखी नै चरण-चरणमा खाद्यान्न वितरण गर्दै आएका हुन् यो राहत वितरणको चौथो चरण हो भने अहिले सम्म झन्डै ४ सय परिवारलाई खाद्यवस्तु वितरण गरिसकेको छ । लकडाउन भए पछि वृद्ध,अशक्त एकल महिला र विद्यार्थीहरुको खाद्यान्न अभाव भएको खबर सुन्न थाले पछि उनले घर-घरमै खाद्यान्न पुर्याउने अभियान सुरु गरेकोमा यो चरण सम्म आइपुदा तिव्र पारेको बताएका छन् ।














