दुईसय युवालाई रोजगारी सिर्जना गर्दै बर्दियाका युवा उद्यमी खनाल
वि.सं.२०७७ जेठ १० शनिवार २२:१२
shares

बर्दिया ।कोभिड-१९ अर्थात कोरोना भाइसका कारण र यसलाई नियन्त्रण गर्नको लागि कलडाउन गरेको कारण बेरोजगारीको चरम समस्या भोग्न पर्ने आम युवाहरूको बाध्यता नजिकिदै छ । नेपालमा वार्षिक ५ लाख दक्ष तथा अर्धदक्ष जनशक्तिको आवश्यकता पर्छ ।
निर्माण व्यवसायदेखि मर्मतका कामसम्ममा प्राबिधिक ज्ञान भएका यति धेरै संख्यामा कामदारको आवश्यकता भएपनि नेपालले मुस्किलले बर्षमा सरकारी तवरबाट ६० हजार र निजी तथा गैरसरकारी संस्थाहरुले ३० हजार जना मात्रै जनशक्ति उत्पादन गर्ने गरेको तथ्याङ्क छ । यो तथ्याङ्कलाई नियाल्दा बाँकी चार लाख १० हजारको हाराहारीमा नेपालको श्रमबजारमा बिदेशी अर्थात भारतीय श्रमबजारका श्रमिकहरुले काम गर्छन् ।
एकातर्फ स्वदेशका युवा शक्ति बिदेश पलायन भैरहेको अवस्था त्रिभुवन विश्व बिध्यालय अन्तर्गत थापाथली इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङ बिसयमा स्नातक गरेका बर्दियाका राजापुरका युवा उद्यमी केदार खनाल त्रिपूरा ग्रुप अप कम्पनीको सहकार्यमा त्रिपुरा अटोमोबाइल कम्पनी बजारमा ल्याउने भएका छन् ।
उक्त कम्पनी मार्फत अनलाइन गाडी मोटर मर्मत तथा पार्ट्पुर्जा बिक्री तथा वितरण गर्ने र त्यसको लागि झन्डै २सय दक्ष तथा अनुभवी युवाहरूलाई रोजगारी दिने केदार खनालले बताए । आफ्नै सीप आफ्नै लगानी भन्ने उद्देश्य साथ संचालन हुन लागेको उक्त कम्पनीले लकडाउन अन्त्य पश्चात् सुरुवात गर्ने छ।













