बाबुले गरे ४ वर्ष देखी छोरीको बलात्कार: आमाले दिइन् उजुरी

8.62K
shares

काठमाडौं । सिन्धुपाल्चोकमा १८ व​र्षीया छोरी बलात्कारको अभियोगमा बाबु पक्राउ परेका छन् । मेलम्ची प्रहरी कार्यालयले छोरी बलात्कार गरेको अभियोगमा मेलम्ची नगरपालिकाका ४३ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

बुधबार दिउँसो पीडित युवतीकी आमाले दिएको जाहेरीपछि अभियुक्त बाबुलाई पक्राउ गरिएको मेलम्ची प्रहरी प्रमुख फलबहादुर तामाङले जानकारी दिए ।

अभियुक्तले विगत ४ वर्षदेखि बलात्कार गरेको भन्दै आमाको उजुरी आएको र अभियुक्तलाई पक्राउ गरी थुनामा राखिएको उनले बताए ।  घटनाबारे थप अनुसन्धान गरी जबरजस्ती करणी अन्तर्गत मुद्धा दायर गरिने तयारी थालिएको तामाङले बताए । -रातोपाटी साभार