अनेरास्ववियू नेता भुसालको नेतृत्वमा छैटौं चरणमा खाद्यान्न वितरण

13.69K
shares

काठमाडौ । लकडाउनको-६९औं दिन सम्म आइपुग्दा पनि तत्कालीन अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष तथा अनेरास्ववियू नेता ईन्द्र भुसालको नेतृत्वमा खाद्यान्न वितरण निरन्तर भैरहेको छ। सरकारले शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरे पछि नेता भुसालको नेतृत्वमा आइतबार फेरी छैटौं चरणमा खाद्यान्न वितरण गरिएको हो।

लम्बिदो लकडाउन र सबै आम्दानीको श्रोत बन्द हुँदा मजदुर, विद्यार्थी र गरिब विपन्न परिवार मात्र होइन सबै खाले परिवारलाई खाद्यान्न अभाव सिर्जना भएको बेला खाद्यान्न वितरण जारी राखिएको जानकारी दिएका हुन् ।

लकडाउनको सुरुवाती समयमा सरकारी निकाय देखी विभिन्न संघ संस्था र दाताहरूले राहत स्वरुप खाद्यान्न वितरण गरे पनि पछिल्लो समय राहत वितरण तथा सहयोग गर्ने दाताहरूको कमि हुदैगर्दा खाद्यान्न संकट हुन थालेको हो।

लकडाउनको ६९ औं दिन सम्म आइपुदा धेरै परिवारको चुलो बाल्न र सामान्य गुजारा समेत चलाउन गाह्रो भएको बेला भुसाल नेतृत्वको समुहले खाद्यान्न वितरण तिव्र पारेको छ । राजधानीका विभिन्न स्थानमा भाडामा बस्दै आएका विपन्न परिवार, मदजुर, अशक्त तथा एकल महिला र विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेको छ।

अनेरास्ववियू केन्द्रिय सदस्य दुतराज तामाङ, स्वास्थ्यकर्मी रोजिना श्रेष्ठ तथा सरकारी कर्मचारी क्षितेन भोटे लगायतको उपस्तिथितिमा काठमाडौ उपत्यकाको विभिन्न स्थानको घर-घरमा पुगेर खाद्यान्न वितरण गरिएको जानकारी गराएका छन् ।