एमसीसी खारेज गर्न माग गर्दै माइतीघरमा बृहत प्रदर्शन
वि.सं.२०७७ जेठ २१ बुधवार १७:१४
shares

काठमाण्डौं । सरकारले अमेरीकी सहयोग परियोजना (एमसीसी) का कार्यक्रम बजेटमा राखेर ल्याएपछि विरोध सुरु भएको छ । त्यसो त संसदमा विधेयक दर्ता भएदेखि नै विरोध सुरु भएको थियो ।
एमसीसी सैन्य रणनीति सम्बन्धि कार्यक्रम भएको र यसलाई संसदबाट अनुमोदन गर्न नहुँने आवाज उठिरहेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले एमसीसी सम्बन्धि कार्यक्रम विगत ३ बर्षदेखि बजेटमा राखिएको र संसदबाट पारित नहुँदासम्म कार्यन्वयन नहुँने स्पष्टिकरण दिईसकेको छन् ।
लकडाउनकाबीच पनि विभिन्न राजनीतिक दल तथा समूह र स्वत स्फूर्त रुपमा एमसीसीको विरोध भईरहेको छ । आज युवाहरुको समूहले काठमाण्डौं माइतिघर मण्डलामा एमसीसीको विरोधमा प्रर्दशन गरेको छ । लकडाउनकाबीच युवाहरुलको समूहले प्रर्दशन गरेको हो ।
अब आन्दोलन सरकारले एमसीसी खारेज नगरे सम्म जारी रहने अनेरास्ववियूका नेता भुमिराज अधिकारीले बताए।
उत्त कार्यक्रममा अनेरास्ववियूका नेता निर्गराज जैशी, उपदेश यादव, सगर केसी, रबिन बस्नेत , भुमिराज अधिकारी, निरज श्रेष्ठ, पुजा खुसि कडेल लगायतको उपस्थीती रहेको थियो ।













