दैलेखमा एकै दिन थपिए १०५ जना कोरोना संक्रमित

7.24K
shares
दैलेख : दैलेखमा बिहीवार मात्रै १ सय ५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको दैलेखको नारायण नगरपालिकामा १ सय ५ जना कोरोना संक्रमित फेला परेको उल्लेख गरिएको छ। 

थपिएका संक्रमीतमध्ये नारायण नगरपालिकाका ६४ जना पुरुष ५ जना महिला रहेका छन्। त्यही नगरपालिकाको देवलकाँडाका १२ जना पुरुष सोतका ९ जना पुरुष मानटाकुराका ७ जना पुरुष साडुका २ जना पुरुष भवानिका ५ जना पुरुष बाँसकोटका १ जना पुरुष रहेका छन्।

प्रतिष्ठानका अनुसार मुगुको खत्याडका एकजना पुरुषमा पनि कोरोना पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुनमगरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यससँगै दैलेखमा मात्रै कोरोना संक्रमीतको संख्या २ सय १० जना पुगेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083