कोरोना संक्रमण देखिएको ४८ दिनपछि उदयपुरमा संक्रमित शून्यमा

15.61K
shares

विराटनगर । कोरोना संक्रमण देखिएको ४८ दिनपछि उदयपुरमा संक्रमित शून्यमा झरेको छ। बिहीबार काेराेना निकाे भएर ३ जना डिस्चार्ज भएसँगै उदयपुरमा कोरोना संक्रमण शून्यमा झरेको हो। उदयपुरमा ५ वैशाखमा पहिलो पटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

मुस्लिम धर्म प्रचारक जमातीमा कोरोना संक्रमण देखिएपछि परीक्षण गर्दा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मात्र ३३ जना संक्रमित देखिएको थियो ।

‘उदयपुरको भुल्केमा संक्रमण शून्यमा झरेकाे छ, धनकुटाको संक्रमण स्रोत अझै खोज्दै छौं ।’ प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे भन्छन् ‘धनकुटामा संक्रमण कसरी देखियो खोज्दैछौं ।’
प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । भुल्केमा ४८ दिनपछि संक्रमित शून्यमा झर्दा प्रदेश १ मा कोरोना संक्रमितको संख्या २०१ पुगेको छ ।

चारजना स्वास्थ्यकर्मी र २ जना प्रहरीसहित सात जनामा संक्रमण देखिएको धनकुटामा भने कोरोनाको स्रोत अझै भेटिएको छैन । संक्रमणको स्रोत नभेटिए पनि धनकुटाका चार जना संक्रमित स्वास्थ्यकर्मी बिहीबार डिस्चार्ज भएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083