रुकुम घटना छानविन गर्न संसदीय विशेष समिति गठन
वि.सं.२०७७ जेठ २६ सोमवार १९:४५
shares

काठमाडौं। रुकुम पश्चिको चौरजहारी नगरपालिकाको सोतीमा अन्तरजातिय विबाहको बिषयमा भएको अमानविय अपराधिक घटनाको छानविनका लागि नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ।
देवेन्द्र पाैडेलको संयाेजकमा बनेको समितिमा, पार्वती कुमारी विशुन्क,दुर्गा पाैडे, मिन विश्वकर्मा, प्रकाश रसाईली स्नेही, यगवाल मिया, हेश्वर गहतराज, रामसहाय प्रसाद यादव, विमला विक सहितको समिति सोमबार गठन भएको हो।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुले संसदीय विशेष समिति गठन नभएसम्म सदनको कारवाही अघि बढाउन पार्वती विशुन्के लगायत संसदले सभामुख अग्नि प्रसाद सापकोटा सग समिति गठन गर्न माग गरेका थिए ।
सभामुख सापकोटाले रुकुम पश्चिम जिल्लाका चौरजहारी नगरपालिका ८ स्थित सोतीमा १० जेठ २०७७ मा घटेको घटनाबारे पटक पटक संसदका बैठकमा कुरा उठिरहेकोले उक्त घटनाको आवश्यक अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न संसदिय समिति गठन गरेको जानकारी दिएका हुन् ।
उनका अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुसंग आवश्यक छलफलपछि प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १ सय ७७ बमोजिम संसदीय विशेष समिति गठन गरिएको छ।
प्रतिनिधिसको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका सांसद मात्रै नभई सत्तारुढ दलका दलित सांससदहरुले पनि घटनाको सत्य तथ्य अध्ययनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दे आएका थिए ।
घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्ति तथा अपराध अनुसन्धान गर्ने सरकारी निकायका भनाईले पछिल्लो घटना पनि निर्मला पन्तको जस्तै हुने हो कि भन्ने शंका उब्जाएको टिप्पणी सांसदहरुको टिप्पणी थियो ।
अन्तरजातिय प्रेम सम्बन्धको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए । उक्त्त अपराधिक घटनाको नेपाल प्रहरी र गृहमन्त्रालयको छानविन टोलीले अनुसन्धान गरिरहेको छ । यसैगरि राष्ट्रिय मानव अधिकार आयोगले पनि बिशेष टोली मार्फत घटना अनुगमन र अनुसन्धान गराइरहेको छ ।






























