शान्तिपूर्ण राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दा हस्पिटलनै भर्ना हुनु पर्‍यो !

15.78K
shares

काठमाडौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा मंगलबार पनि माइतीघरमा प्रदर्शन भएको छ ।युवा–विद्यार्थीहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसिसी खारेजीको माग गर्दै नारा लगाएका हुन् । प्रहरी र प्रदर्शनकारीबिच तनावको अवस्था सिर्जना पनि भयो । प्रहरीले प्रहार गरेको लाठीका कारण टाउको र शरीरमा चोट लागेका विद्यार्थी नेताहरुलाई अहिले ट्रमा-सेन्टरमा उपचार भैरहेको छ।

उक्त आन्दोलनमा घाइते अनेरास्ववियूका केन्द्रिय सदस्य निर्ग जैसिले भने,- हामीले शान्तिपूर्ण ढङ्गले एमसीसीको खारेजीको माग गर्दा हामिलाई अस्पताल भर्ना नै हुने गरि प्रहरीले आक्रमण र हस्तक्षेप गर्‍यो । अहिले हाम्रा केहि साथीहरू यहाँ अस्पताल भर्ना भएका छौँ भने दर्जनौं साथीहरू गिरफ्तार पर्नु भएको छ।

प्रदर्शनकाकारीले ‘राष्ट्रघाती एमसिसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होसियार, प्रहरी हस्तक्षेप बन्द गर’ सहितका नारा लगाएका हुन् ।
राष्ट्रिय झण्डासहित उपस्थित भएका प्रदर्शनकारीबाट प्रहरीले झण्डा खोस्न खोजेपछि तनाव भएको हो । पक्राउ गरी प्रहरीको भ्यानमा हालेपछि पनि प्रहरीले प्रदर्शनकारी माथि आक्रमण गरेको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083