देशभक्तीपूर्ण गीत: सिमा रक्षाको निम्ति रगत उम्लेर आउँछ, गीत सुने पछि..(भिडियो)

11.66K
shares

काठमाडौं । चर्चित गायक आनन्द कार्कीले सीमाना मिचिएको विषयलाई लिएर खबरदार बोलको देशभक्तीपूर्ण गीत बजारमा ल्याएका छन् ।

उक्त राष्ट्रप्रेमले सजिएको गीतमा डा. कृष्णहरि बरालको शब्द रचना र कमल आनन्दको सङ्गीत रहेको छ भने ध्वनि मिश्रण भोला पौडेलले गरेका छन् ।

गीतको भिडियोमा विरेन तितुङकोे सिनेम्याटोग्राफी र चर्चित भिडियो सम्पादक लोकेश भाटको सम्पादन रहेको छ ।

वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको सो भिडियो गायक कार्कीको युट्युब च्यानल सिंगर आनन्द कार्की नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा प्रत्येक नेपाली आफ्नो देशप्रती आफैमा बिना वर्दीका सच्चा पहरेदार भएकाले देशद्रोही र सिमा मिच्नेहरुलाई कुनै हालतमा छाड्न नहुने प्रस्तुत गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083