अब नेपालले आफ्नो भु-भाग फिर्ता लिदै: नेपालको भु-भाग हो भन्ने प्रमाण जुटाउन समिति गठन!
वि.सं.२०७७ जेठ २९ बिहीवार २१:१५
shares

काठमाडौ । सरकारले नेपाल–भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्य रहेको समिति गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको समितिले नेपाल–भारतबीचका सन्धि, सम्झौता र समझदारीपत्र, तत्कालीन इस्टइन्डिया कम्पनी ब्रिटिस सरकार र भारत सरकारसँग भएका पत्रचारहरूको सक्कल कागजात र नभए प्रतिलिपि खोज्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
यस्तै सार्वजनिक निकायलगायत विभिन्न संघसंस्था, व्यक्ति, स्वदेशी तथा विदेश पुस्तकालय एवं अभिलेखालयबाट सीमा क्षेत्रसँग सम्बन्धित सरकारी प्रतिवेदन, आदेश, प्रकाशन, सरकारका योजनालगायतका सरकारी दस्ताबेज पनि खोज्नेछ ।अदालती फैसला, जग्गाको स्वामित्वको प्रमाणपत्र एवं राजस्व, मालपोत, भूमिकर, तिरोभरो आदि तिरेका रसिद, भर्पाइ पत्र वा आदेशको पनि खोजबिन गर्नेछ ।































