आज शुक्रबार: आज जोर सवारीसाधन मात्र चल्ने, भोलि विजोर चल्ने

9.56K
shares

काठमाडौ । सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्थाअनुसार बिहीबादेखि सञ्चालन हुन पाएका निजी सवारीसाधनमा आज (शुक्रबार) देखि जोर-बिजोर प्रणाली लागू गरिएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबारदेखि काठमाडौं उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र मात्र जोर–बिजोर प्रणालीअनुसार निजी सवारीसाधन चलाउन पाइनेछ।

उपत्यकाका ३ जिल्ला- काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानिएको छ। यसबाहेक अन्यत्रका हकमा एक जिल्लाबाट अर्काे जिल्लामा सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार जोर-बिजोर प्रणालीमा मात्र निजी सवारीसाधन मात्र चलाउन पाइने जानकारी दिए।

जसअनुसार जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएका निजी सवारीसाधन सञ्चालन गर्न पाइनेछ। जस्ताे: आज जेठ ३० गते अर्थात् जाेर गतेका दिन जाेर नम्बर भएका निजी सवारीसाधन चलाउन पाइनेछ।

यस्तै ४ पाङ्ग्रे सवारीसाधनमा चालकसहित ३ जना मात्र र २ पाङ्ग्रे सवारीसाधन मोटरसाइकल, स्कुटरमा चालक १ जना मात्र चढ्न पाइने महाशाखाले जनाएकाे छ।

अत्यावश्यक सवारीसाधन बाहेक निजी सवारीसाधन राति ९ बजेदेखि बिहान ५ बजेसम्म चलाउन रोक लागाइएको छ।

तर कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारीसाधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चलाउन पाइने छैन। यसअघि पास लिएर सञ्चालन भएको निजीसवारी साधन पनि जोर-बिजाेर प्रणालीअनुसार मात्र चल्न पाउने कुरा महाशाखाले उल्लेख गरेको छ।

अत्यावश्यक काम बाहेक जोर-बिजोर प्रणालीलाई उल्लङ्घन गरेर सवारीसाधन चलाउनेउपर भने विभिन्न चेकप्वाइन्टमा खट्टिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारबाही गर्ने महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी  दिए। उनले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनले भने अनिवार्य पास लिएको हुनुपर्ने बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083